काठमाडौँ– मुचुल्कामा उल्लेख भएको भन्दा मत बढी देखिएपछि काठमाडौँ महानगरको मतगणत स्थगित भएको छ ।
काठमाडौँ वडा नम्बर १ को बाकसमा मुचुल्का भन्दा ६ वटा बढी मत भेटिएको हो ।
बिहान ११ बजेदेखि शुरु हुने भनिएको मतगणना २ बज्न लाग्दा पनि सुरु भएको छैन ।
प्राबिधिककारण भन्दै गणना शुरु नभएको निर्वाचन अधिकृतहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।
प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले राप्रपा गठबन्धन बनेको थियो ।
मेयरका उम्मेदवार
नेपाली कांग्रेसका राजुराज जोशी – ० मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल – ० मत
एमालेका विद्यासुन्दर शाक्य – ० मत
साझा पार्टीका किशोर थापा – ० मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – ० मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ० मत
माओवादी केन्द्रका सुशीला पौडेल — ० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — ० मत
साझा पार्टीका निरुपमा यादव — ० मत






