काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेस अगाडि

काठमाडौ– काठमाडौको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाको १ र २ वडामा गणना भएको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार घनश्याम गिरिले ९५० मत ल्याएका छन् भने कांग्रेसकै उपमेयर इनिदरा श्रेष्ठले ७१९ मत ल्याएकी छन् त्यस्तै दोस्रोमा माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण श्रेठ तथा उर्मिला रोकाले ५०५ र ५४१ मत ल्याएर दोस्रो स्थान बनाएका छन् । त्यस्तै एमालेका मेयर तथा उपमेयरका उम्मेदवार ४९५ र ५३४ मत ल्याएका छन् ।