सीमांकन थाती राख्दा हुन्छ : गगन थापा

रामेछाप, १८ भदौ । सभासद एंवम् युवा नेता गगन थापाले सीमांकनमा विवाद उत्पन्न भएपछि यस्लाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस बेथान गाउँ कार्यसमितिले रामेछापको बेथानमा आयोजित कार्यक्रममा थापाले संविधान घोषणा गरेर सीमांकनका लागि आयोग बनाउनुपर्ने समेत प्रस्ताव गरेका छन् । अहिले संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने उनले ठोकुवा गरे ।
‘संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमांकन टुंग्याएर संविधानसभा विघटन गर्नुपर्छ’ उनले भने – ‘नेपाल कसैले चाहेर पनि जातीय राज्य बन्न सक्दैन ।’  नेता थापाले नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुनेसमेत दाबी गरेका छन् ।