खोलियो काठमाडौँ महानगरको भविष्यको बाकस : को बन्ला मेयर ? 

????????????????????????????????????
????????????????????????????????????
काठमाडौं– काठमाडौँ महानगरपालिकाको अहिले मतगणना शुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।

वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।

प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले-राप्रपा गठबन्धन बनेको थियो ।

काठमाडौँमा हेभिवेट दलहरुसहित नयाँ शक्ति दाबी गर्ने विवेकशील नेपाली, साझा पार्टी र नयाँ शक्ति नेपाल पनि चुनावी मैदानमा रहेको छ ।

????????????????????????????????????
????????????????????????????????????