साहित्यकार प्रेमा शाहको निधन

काठमाडौं- साहित्यकार प्रेमा शाहको निधन भएको छ । शाहको अमेरिकास्थित इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो । विक्रम संवत् २००२ सालमा वीरगञ्जको श्रीपुरमा जन्मिएकी शाह पछिल्लो समय अमेरिकामा बस्दै आएकी थिइन् ।

साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । मदन मेमोरियल विद्यालय पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखेकी छिन् ।

उनको ‘पँहेलो गुलाफ’ कथा संग्रह नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ ।