लण्डन ।
नेपाली कांग्रेसको आउने फाल्गुणको ७ देखी १० गतेसम्म तोकिएको केन्द्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका तल्लो तहका विभागहरु गठन कार्यक्रम धमाधम अघि बढेका छ्न् ।
यसविचमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान बमोजिम जनसम्पर्क समिति समन्वय विभाग गठन गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाइ संयोजक तोकेको उक्त समितिमा युकेबाट एक जनालाई पनि राखिएको छैन् ।
उक्त कार्य समितिमा जर्मनीका दिलबहादुर गुरुङ, हङकङका कुलप्रसाद गुरुङ, अमेरिकाका सुरज नायक र भरत अर्याल, दक्षिण कोरियाका गिरिराज कुँवर, भारतका दिनामणि पाण्डे, मलेसियाका सन्तोषप्रसाद रिजाल समितिमा परेका छन् ।
जसको अन्य सदस्यहरुमा वीरेन्द्रकुमार माझी (मोरङ्ग), प्रेमध्वज लामा (सिन्धुपाल्चोक), जानकीलाल बस्नेत (दाङ्ग), नरेन्द्र भाट (डडेलधुरा÷कतार), साम्राज्य बिक्रम पाण्डे (कैलाली), तिलकबहादुर भण्डारी (रुकुम), पेमा निमा शेर्पा (ओखलढुङ्गा), भरत गुरुङ्ग (चितवन), मनोज मिश्र (धनुषा), श्री सापकोटा (नुवाकोट), लवराज दाहाल (काठमाडौं), राम श्रेष्ठ (स्याङ्जा), नाचोङ गुरुङ्ग (मनाङ्ग), विष्णुबहादुर रायमाझी (रुपन्देही) रहेका छन् । त्यसैगरी कृष्ण सापकोटा (गुल्मी), चित्रबहादुर मल्ल (मुगु), दिलेन्द्र रावल (कञ्चनपुर), प्रज्ञान न्यौपाने (दाङ), जगदीश न्यौपाने (तनहुँ), मनोज भण्डारी (काठमाडौं), बद्री अर्याल (धादिङ्ग), जगदीश पौडेल (स्याङ्गजा), नन्दु पुन नेपाली (पर्वत हाल काठमाडौं), शेषकान्त पुरी (स्याङ्गजा), जगदीश खाँण (नवलपुर), जीवन नेपाल (इलाम) र श्यामप्रसाद उप्रेती (दोलखा) रहेका छन् । उक्त समितिमा विश्वभर रहेका नेपालीहरु समेटिनु पर्नेमा अधिकाशं नेपालमा रहेका कार्यकर्तालाइ मात्र स्थान दिइएको छ ।






