चीनसँग इन्धन सम्झौता हुनेमा शंका

petro chinaकाठमाडौं- भारतको नाकाबन्दी लम्बिने संकेत पाएपछि नेपाल आयल निगमले चीनको पेट्रो चाइनासँग इन्धन सम्झौता गर्ने तयारी टुंगोमा पुग्नेमा आशंका उत्पन्न भएको छ ।

चिनियाँ कम्पनीले नेपाललाई विश्वास नगरेपछि समस्या भएको छ । भारतसँग सहज भएपछि आफूहरुसँगको सम्झौता कार्यान्वयन नहुने भएपछि चीनले कर छुट दिन आनाकानी गरेको छ ।

नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए ।

पट्रोल र डिजेल आपूर्तिमा धेरै कुरा सकारात्मक भएको र अब एलपी ग्यास आपूर्तिमा केही कुरा हुन बाँकी रहेको उनले बताए ।

नेपाल सरकारले चीन सरकारलाई आन्तरिक कर छुट दिनका लागि लेखेको पत्र सोमबारमात्र प्राप्त भएकाले पनि वार्ताले ठोस नतिजा दिन नसकेको हो । नेपालले मौखिक रुपमा राखेको कर छुटको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ ।