लण्डन।
किराँत याकथुम चुमलुङ रसमोर शाखाको अध्यक्षमा भागिरथ फागो चोङ्बाङ चयन भएका छन् । आइतवार जुम मार्फत सम्पन्न भएको समितिको पाचौ अधिवेशनले फागो चोङबाङ युकेका सचिव, साघु युके समाज फाउन्डर र मनोक्रान्ती योगा क्लब युकेका सचिव समेत रहेका चोङ्बाङको अध्यक्षतामा नया कार्यसमिति विस्तार गरेको हो । जसको उपाध्यक्षमा समसेर वनेम र मनि मेन्याङ्बो तथा महिला उपाध्यक्षमा रोमियन वनेम रहेका छन् । त्यस्तै सचिवमा कृष्ण योङयाङ, कोषाध्यक्षमा थान कुमार नाल्बो, जित मेन्याङ्बो केन्द्रिय सद्स्य तथा भवन लिम्बू, समि लिम्बू पन्धाक, गौरि माया ईवा, शन्त मादेन र कृष्ण मेन्यङ्बो सदस्यमा चयन भएका छन् । त्यसैगरी चन्द्र लिङ्गफुङवाले सास्कृतिक संयोजकको जिम्मेवारी पाएका छन् ।
उक्त अवसरमामा के.वाइ.सि. युकेका केन्द्रिय अध्यक्ष तिल बिक्रम सम्बाम्फेको प्रमुख आतिथ्यता रहेको थियो भने के.वाई.सी.रसमोरका निवर्तमान अध्यक्ष जित मेन्याङबोको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष शमसेर वनेमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेक थिए भने सन् २०१७ देखि २०२० सम्म के.वाई.सि.रसमोरमा भएका प्रगतिविवरण बारे जानकारी गराए । निवर्तमान अध्यक्ष मेन्याङ्बोले पनि आफ्नो कार्यकालमा गरेको कार्यप्रगति, काम गर्दाको दुख ,सुख विस्तृत रुपमा जानकारी दिए । अन्त्यमा केन्द्रिय अध्यक्ष सम्बाम्फेले सफलता पूर्वक कार्यसम्पादन गरेकोमा निवर्तमान कार्यसमितीलाई धन्यवाद दिदै नयाँ कार्यसमितीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिए ।उक्त कार्यक्रमको सन्चालन सचिब भगिश्वर फागो चोङबाङले गरेका थिए । नवगठित कार्य समितिलाई केन्द्रिय अध्यक्ष सँगै उपाध्यक्ष नगेन्द्र नेम्बाङ लगायत सम्पुर्णले बधाई साथै शुभकामना दिए । नयाँ कार्य समितीका नवनियुक्त अध्यक्ष चोङ्बाङ र उपाध्यक्ष वनेमले सम्पुर्ण निवर्तमान कार्यसमितीका पदाधिकारी र अग्रजहरुले गरेका कामलाइ अनुसरण गर्दै आगामी दिनमा थप नया ढँगबाट अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमको अन्त्यमा निर्वाचन मन्डलका संयोजक छवि सेलिङले पनि सवैलाई शुभकामना एवम धन्यवाद दिदै कार्यक्रमको समापन गरे ।






