काठमाडौं- बजेट सदनमा प्रस्तुत गर्नु पूर्व नै बजेटका केही अंश चुहाइएको विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
विपक्षी कांग्रेसले छानबिनको माग गरेपछि कांग्रेस सांसद रमेश लेखक नेतृत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको कार्यावधि तीन महिना पन्ध्र दिन तोकिएको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद भवनमा भएको सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा सो समिति गठन गर्न सहमति भएको हो । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते नयाँ आवका लागि नयाँ बजेट संसदमा पेस गर्नुभएको थियो ।
बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेटको केही अंश चुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो ।






