लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने सबैभन्दा ठुलो इभेन्टका रुपमा चिनिने गोर्खाकप सम्पन्न भएको छ । नेपाली हरुको बाहुल्य बसाई रहेको बेलायत अल्डरशटको क्वीन्स एभेन्यू फुटवल मैदानमा आयोजित प्रतियोगितामा समुहगत रुपमा भेट्रान र नन भेट्रान गरी ४२ टिमले भाग लिएका थिए । जसमा भेट्रान तर्फको फाइनल खेलमा बी १३ लाई पराजित गर्दै क्यूजीएस सिग्नल्स रेडले ट्रफी हात पार्यो भने भेट्रान तर्फ ईलाम एफ सी लाई पराजित गर्दै केन्ट एफ सीले उपाधी हात पारेको थियो ।
बिजयी समूह हरुलाई स्थानीय नगर प्रमुख (मेयोरेस ) ज्याकी भोस्पेर तथा तमु धी अध्यक्ष राम चन्द्र (सुर्जे ) गुरुङ सहित प्रायोजक हरुले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार दुई हजार पाउण्डको थियो । प्रतियोगितामा बिजयी समुहका गम बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए भने टप स्कोररमा प्रदिप गुरुङ रहेका थिए ।
फुटवल प्रतियोगिताको रुपमा कार्यक्रम आयोजना भए पनि बृहत रुपमा नेपाली हरुको सहभागिता र नेपाल झल्काउने प्रस्तुती तथा नेपाली स्वादका परिकार पस्किने स्टल आसपासको घूईचो लाई हेर्दा कार्यक्रम स्थल एक बिशाल मेलामा परिणत भए जस्तो देखिन्थ्यो ।
परिवार सहित एउटा डे आउटको रुपमा सहभागी दर्शक हरु खेलमा भन्दा पनि आपसी भेटघाट , खानपिन लगायतका मनोरंजनमा बढी लिप्त देखिन्थे । कार्यक्रमले खेल प्रेमी तथा अन्य सोसलाईजर सहभागी दर्शकहरु लाई भरपुर मनोरंजन दिएको थियो ।
प्रतियोगिता स्थलमा बेलायती सैनिकको गोर्खा ब्रिगेड ब्याण्डले नेपाल तथा बेलायतको राष्ट्रिय धुन र अन्य नेपाली धुन सहितको परेडको रोचक प्रस्तुती दिएको थियो । सो अवसरमा सेवारत सैनिक पोशाकमा खुकुरी नाच समेत देखाईएको थियो । फाईनल प्रतियोगिता हुनु पुर्व नेपाली समुदायका युवा युवती हरुले तेक्वान्दो प्रदर्शनी गरेका थिए ।
कार्यक्रम समापन पछी गोर्खा कप कार्यक्रम संयोजक पिताम्बर गुरुंगले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी संग कुरा गर्दै यो प्रतियोगिता बेलायतमा समग्र नेपालीको एक उत्सवको रुपमा बिकसित हुदै गरेको बताए । उनले यसपालिको कार्यक्रममा झन्डै १२ हजार नेपालीहरु उपस्थित भएको दावी समेत गरे । करीब ४० हजार पाउण्ड आयोजना खर्च रहने गोर्खा कपको बचत रकम संस्थाको च्यारिटी फन्ड मार्फत नेपालमा परोपकारी कार्यमा खाचिने कुरा समेत समेत संयोजक गुरुंगले बताए ।
गोर्खा कप कार्यक्रममा बेलायत स्थित नेपाली दुतावास, एन आर एन युके लगायतका बिभिन्न संघ संस्था एबं नेपाली समुदायका व्यक्ति व्यावसाय हरुको सहयोग तथा ऐकवद्दता रहेको थियो ।
बेलायतमा रहेका नयाँ पुस्ताका नेपाली किशोर किशोरी हरुलाई खेल मार्फत समाज , समुदाय र देश नेपाल सम्म जोडन सकिने विश्वास आयोजकको रहेको छ । गोर्खा कप लाई बेलायतमा एक ठाउँमा सबैभन्दा धेरै नेपालीको जमघट हुने कार्यक्रमको रुपमा लिईन्छ ।![13315356_1317437961603242_3726437551594289566_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13315356_1317437961603242_3726437551594289566_n1.jpg)
![13315763_1317439741603064_6608613323800015132_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13315763_1317439741603064_6608613323800015132_n1.jpg)
![13335884_1317442991602739_8042289755505895217_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13335884_1317442991602739_8042289755505895217_n1.jpg)






