विकास उप्रेतीको आवाज अनि किरण भण्डारीको शब्द/संगीत रहेको राफ्टिंग चडेर बोलको गीत भर्खरै बजारमा आएको छ|हनुमाने र मंगलिको रूपमा चर्चित कलाकार बुद्धि तामांग अनि रजनी गुरुङद्वारा अभिनित यो भिडियो नानीबाबु गुरुंगले निर्देशन गरेका हुन्|
यस अघि विकास उप्रेतीले संजीवनी र साधना सरगमसंग इंडिया गएर गीत रेकर्ड गराइसकेका छन् भने किरण भण्डारीले शर्मिला बर्देवासंग मुटुको मिटर,झुटो कुरा( सोलो) राजेश पायल राई र टिका प्रसाईसंग हातैमा चुरा अनि ईश्वर थापासंग मर्दको बोली गीतहरुमा आफ्नो शब्द र संगीत दिइसकेका छन्|






