सोंपाल समाज यूकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजले साधारण सभामा गोर्खा कप र नेपाली मेला नमुना बनाउने निर्णय समेत गरेको अध्यक्ष श्रीप्रसाद गुरुङले बताए
अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा लण्डनको ग्रिनफोर्ड स्थित पोस्ट अफिस हलमा भएको कार्यक्रममा समितिका पदाधिकारी, सदस्यहरुको बाक्लो उपस्थिति थियो।
वार्षिक साधारणसभामा भएको छलफल र निर्णय
सोंपाल समाज युकेका पुर्ब अध्यक्ष श्री राम गुरुङको साला र श्रीमती मिना गुरुङको कान्छा भाइ स्वर्गीय काजी गुरुङको ५० बर्षमा भएको दु:खद निधन प्रती दु:ख व्यक्त गर्दै वहाँको सम्झनामा १ मिनेट मैन धारण गरिएको थियो ।
सोंपाल समाज सिरुबारी हाल पोखरा निवासी श्री नर बहादुरको धर्म पत्नी सोंपाल समाज युकेका हेल्थ एन्ड सेफ्टी सेक्रेटरी क्या श्री मोहन गुरुङको पुज्यनिय दिदी स्वर्गीय बिन्दु माया गुरुङको ६० बर्षमा भएको दु:खद निधन प्रति दु:ख प्रकट गर्दै बैठकमा वहाँको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो ।
स्वागत मन्तव्य :
बैठकमा उपस्थित सबैलाई उपाध्यक्ष श्री जगदीश गुरुङले स्वागत गर्नु हुदै स्वागत मन्तव्य दिनु भएको थियो ।
बैठक समुद्घाटन- दिप प्रज्वलन :
वार्षिक बैठक
– अध्यक्ष श्रीप्रसाद गुरुङ
– आमा अध्यक्ष श्रीमती माया गुरुङ
-सस्थापक अध्यक्ष श्री बिजय गुरुङ
– निबर्तमन अध्यक्ष/ ट्रस्टिज नईन्द्र गुरुङ
– जेष्ठ सदस्य श्रीमती चन्द्रबतीगुरुङले सामुहिक रूपमा दिप प्रज्वलन गरि बैठकको समुद्घाट्न गरिएको थियो ।
बधाई तथा अभिनन्दन :
वार्षिक बैठकमा आमा समूह कि अध्यक्ष श्रीमतीको माया गुरुङले २३ अप्रिल २०२३ मा वहाँको कृति
– बा को जुत्ता र ऎना भन्ने कविता संग्रह पुस्तक बिमोचन गर्नु भएको खुसियालीमा वहाँ र वहाँको श्रीमान सस्थापक अध्यक्ष श्री बिजय बहादुर गुरुङलाई बधाई दिदै अभिनन्दन गरिएको थियो ।
शुभकामना मन्तव्य :बैठकको क्रममा
– सस्थापक अध्यक्ष श्री बिजय बहादुर गुरुङ
– पुर्ब अध्यक्ष क्या- प्रेमबहादुर गुरुङ
– निबर्तमान अध्यक्ष तथा ट्रस्टिज श्री युक्त गुरुङ
– आमा समूह कि अध्यक्ष श्रीमती माया गुरुङ
– ट्रस्टिज दिपक गुरुङ
– निबर्तमान आमा अध्यक्ष तथा ट्रस्टिज नईन्द्र गुरुङ
– ट्रस्टिज नवराज गुरुङ
– सल्लाहकार श्रीमती पार्बती गुरुङ
– अध्यक्ष श्रीप्रसाद गुरुङ
ले वार्षिक साधारणसभा सफल पुर्बक सम्पन्न रहोस् भन्नुको साथै विभिन्न सल्लाह र सुझाव दिनु हुदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
– अर्थिक प्रतिबेदन :
कोषअध्यक्ष श्री प्रताप गुरुङले बर्ष भरीको आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो भने बैठकमा उपस्थित सबैले प्रतिबेदन प्रती स्वगत गर्नु हुँदै धन्यवाद दिनु भएको थियो ।
– महासचिवको प्रतिबेदन :
महासचिव भरत गुरुङले बर्ष भरी सस्थागत रूपमा भएको प्रतिबेदन पेस गर्नु भएको थियो ।
बैठकका बुदाहरु :
१ – सदस्यता शुल्क ।
बैठकले जति पनि सदस्य शुल्क भुक्तानी गर्न बाकी रह्नु भएको ब्यक्तिहरुलाई भुक्तानी गर्नु अनुरोध गरिएको छ ।
२ -सम्मर भेटघाट तथा बि•बि• क्यु• कार्यक्रम :
यस् बर्षको सम्मर भेटघाट तथा बि• बि• क्यु• कार्यक्रम निम्न मिति र स्थानमा हुने भएको छ ।
मिति -१५ जुलाई २०२३
स्थान – लण्डन पोस्ट अफिस क्लब ग्रिनफोर्ड HA1 3QL
सम्मर भेट घाट तथा बि बि क्यु कार्यक्रम उपाध्यक्ष श्री जगदीश गुरुङलाई नियुक्ति गरिएको छ ।
– कार्यक्रममा स्याङ्जा समाज युकेको निमन्त्रणामा बेलायत आउदै गर्नु भएको रास्ट्रिय कलाकार स्याम राना र नानू गुरुङलाई निमन्त्रणा गर्ने भएको छ ।
– सम्मर बि बि क्यु कार्यक्रमको प्रमुख अतिथि समाजका जेष्ठ सदस्यलाई गर्ने निर्णय भएको छ ।
– वार्षिक बैठकले उपाध्यक्ष ध्रुव गुरुङलाई नेपाली मेला संयोजकको रूपमा नियुक्त गरिएको छ ।
४ – अध्यक्ष श्रीप्रसाद गुरुङबाट बैठक समापन ।
समाजका अध्यक्ष श्रीप्रसाद गुरुङले सस्थाले तय गरेको विभिन्न कार्यक्रमहरुमा प्राप्त भएको सहयोग र सल्लाह सुझाव प्रती धन्यवाद दिनु भएको थियो भने आउने कार्यक्रमहरु बारे समेत जानकारी गराउनु हुँदै आगामी दिनमा पनि सोंपाल समाज युकेको नाम र प्रतिस्ठाको लागि सबै एक जुट भै अगाडी लाग्न सबैलाई अनुरोध गर्नु हुँदै बैठक समापन गर्नु भएको थियो । 

वार्षिक साधारणसभामा फर्स्ट लेडि श्रीमती मन देबि गुरुङले खाजाको ब्यबस्थापन गर्नु भएको थियो । 






