मृत्यु र नेपाली मानशिकता

264442_10151679058324197_1329110594_n[2]गंगा खरेल,लन्डन,

गाउँका एकजना आफन्तको दाहसस्कार पछि घर फर्किदा मेरो हजुरआमा सुस्केरा हाल्दै पिंडीमा यता उता गर्दै हुनुहुन्थ्यो | दाहसस्कार गरिएका मेरा आफन्तको बारेमा हजुरआमाले निकै बेर गुणगान गाउनु भयो , यस्तो लाग्थ्यो वहाँ संसारकै सबभन्दा असल मान्छे हुनुहुन्थ्यो जबकि वहाँ जीवित छदा वहांको गुणगान कहिल्लै सुनिएन |

दिबंगत शुशिल कोइरालाको बारेमा आफ्नो फेस बुकको भित्तोमा पटक पटक रोष प्रकट गर्ने एकजना मित्रले वहांको प्रसंसामा थुप्रै शब्द खर्चिएछ्न , यस्तो लाग्यो शुशिल कोइराला असल भएको कुरा उनलाई उनको मृत्यु पछि मात्रै थाहा लागेछ |

प्रजातन्त्र प्रतिको निष्ठा , राजनीति प्रतिको निष्ठा र सदाचारी जीबन शैलीको बारेमा शुशिल लाई संका गर्नु पूर्वाग्रही शोंच हो जसरी कोइराला सर्बगुण सम्पन्न थिए भन्नु अतिसयोक्ति हो| प्रत्येक मृत्यु पछि हामी मान्छेलाई भगवान बनाई दिन्छौ जबकि बाचुन्जेल कसैको राम्रो कामलाई राम्रो भन्न समेत हिचकिचाउ छौ | बिपी देखि मदन र शुशिल कोइराला सम्म आइपुग्दा हामीले गरेको त्यही हो|