गायक कालीप्रसादको “हेरीरहन देउ” भ्यालेन्टाइन गीत बजारमा (भिडियोसहित)

kali

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर लोकप्रीय गायक काली प्रसाद बास्कोटाले अर्को ‘लभ सङ्ग’ सार्वजनिक गरेका छन् ।

 

‘हेरिरहन देऊ’ बोलको गीतको म्युजिक भिडियो समेत युट्युव मार्फत सार्वजनिक गरेका छन् । बास्कोटाले यो गीत आफ्नो सबै स्रोताहरुलाई एउटा उपहारको रुपमा अर्पण गरेको बताएका छन् ।

 

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘रोज डे को विशेष उपलक्ष्यमा मेरा सम्पूर्ण स्रोताहरुलाई मेरो तर्फबाट एउटा उपहार’

 

म्युजिक भिडियोमा बास्कोटा र केकी अधिकारीको राम्रो अभिनय समेत छ । बास्कोटाले यो आफ्नो पहिलो अभिनय भएको समेत उल्लेख गरेका छन् ।

 

कालीप्रसादले केकीको राम्रो अभिनयको प्रसंशा गर्दै आफू एउटा ‘नर्भस ब्वाई’ को रुपमा म्युजिक भिडियोमा देखिएको बताएका छन् ।

 

गत फेब्रुअरी ७ मा उनले युट्युवमार्फत सार्वजनिक गरेको सो गीतमा बास्कोटाले भिडियोका अन्ततिर ‘ह्याप्पी भ्यालेन्टाइन’ लेखिएको छ । प्रेम गीत गाउन खप्पिस कालीप्रसादले यसअघि गाएको ‘त्यो पारी डाँडामा’ बोलको गीत अत्याधिक लोकप्रीय भएको थियो ।

 

पछिल्लो गीत ‘हेरिरहन देऊ’ को कम्पोज कालीप्रसाद आफैँले गरेका हुन् भने शब्द रचना गायक आफैँ र मानस राजको हो । साथै यो गीत अल्मोदा राणा उप्रेतीको संगीत कम्पोजमा बनेको हो ।

यस्तो छ भिडियो