रोयल ग्रिनविच नेपालिज सोसाइटीले नयां वर्ष कार्यक्रम गर्ने

rgnsnewyear

लण्डन । रोयल ग्रिनविच नेपालिज सोसाइटीले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा आउंदो अप्रिल १७  तारिख आइतबार लण्डनमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ ।

नयां वर्ष २०७३ को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले   विविध सांस्कृतिक कार्यक्रमसहित  कार्यक्रम गर्न लागिएको हो ।

प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा सांझ ५ बजेदेखि राती अबेरसम्मका लागि कार्यक्रम तय गरिएको छ । जसमा विभिन्न कलाकारका गीत, नृत्य लगायतका प्रस्तुतिको आकर्षण रहनेछ ।

कार्यक्रममा सहभागिताका लागि मात्र ५ पाउण्डको टिकट तोकिएको छ । सोहि टिकटमा डिनर समेत उपलब्ध गराइनेछ ।