लण्डन । भारतीय प्रधानमन्त्री मोदीले लण्डनको प्रेस कन्फ्रेन्समा भारत बुद्धको भुमी हो भनेका छन ।
मोदी तीन दिने बेलायत भ्रमण गर्न आएका हुन ।प्रधानमन्त्री भएपछी यो उनको पहिलो भ्रमण हो ।ईन्डियामा नै भैरहेको असहन्शिलता का घटनाहरु र ईन्डिया किन असहन्शिल बन्दै गएको छ भन्ने बिबिसीका रिपोर्टर्ले गरेको एक प्रस्न कन्फ्रेन्समा उनले घुमाउरो पारामा जवाब दिदै भने -ईन्डिया बुद्ध र गान्धीको भुमि हो र यो संस्कृतिले सामाजिक मुल्यको विरुद्धमा कुनै पनि कार्य स्वीकार गर्दैन।
त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनप्रति समर्थन जनाउँदै नेपालविरुद्ध नाकाबन्दी लगाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लन्डनमा चर्को विरोध भएको छ ।बेलायतमा बसोबास गर्दै आएका नेपाली मुलका नेपालीहरूले बिहीबार मोदीविरुद्ध नारावाजी र प्रदर्शन गरेका हुन् । नेपालको राष्ट्रिय झण्डा र नेपाली पोशाकमा सजिएका नेपालीहरूले मोदी र भारतको नाकाबन्दीविरुद्ध नारावाजी गरेका थिए ।
मोदी आउने थाहा पाएपछि लन्डनको टेनडाउनमा जम्मा भएका हज्जारौँ नेपाली र भारतीयहरूले मोदीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले भूपरिवेष्ठित मुलुक नेपालमा अन्तर्राष्ट्रिय सन्धी र कानुन विपरित नाकाबन्दी लगाई दुःख दिएको आरोप भारतलाई लगाएका थिए ।






