लण्डन । तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध भारतीय जनताहरुले शुक्रवार बेलायतस्थित वेम्ली स्टेडियममा प्रदर्शन गर्ने भएका छन् ।
आवाज नेटवर्कले ‘मोदी नट वेलकम’ अभियान सुरु गरेको छ । उसलाई साउथ एसिया सोलिडारिटी ग्रप, कास्ट वाच यूके, भारतीय मुश्लिम र दलितहरुको पक्षमा वकालत गर्ने र समूहले साथ दिएका छन् ।पछिल्लो समय भारतीय प्रधानमन्त्री मोदीले धार्मिक कट्टरता र असहिष्णुता प्रदर्शन गरेको भन्दै उनीहरु मोदीको बिरोधमा उत्रिएका हुन् ।मोदीले लन्डनको बेम्व्ली स्टेडियममा ६० हजार मानिसलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सन् २००२ मा गुजरातको मुख्य मन्त्री हुँदा मोदीलाई मुस्लिम विरोधी दंगा रोक्न नसकेको आरोपबीच बेलायतले मोदी प्रशासनले दशक अघिको दंगालाई समर्थन गरेको निष्कर्ष निकालेको थियो । उक्त दंगामा करिब एकहजार मुश्लिम मारिएका थिए ।
त्यसैगरी भारतमै रहेका लेखक तथा कलाकारहरुले नरेन्द्र मोदी सरकारको बिरोध गर्दै पुरस्कार फिर्ता गरिरहँदा बेलायतमा समेत उनको ब्यापक बिरोध भएको हो ।
भारतका अधिकांश लेखक तथा कालाकारहरुले पनि नरेन्द्र मोदीलाई असहिष्णु र हिन्दु अतिवादी भन्दै पुरस्कार फिर्ता गरेका हुन् ।







