धरान समाज यूकेको प्रणय दिवस च्यारिटीका लागि (भिडियो सहित)

dharan12

शिब भण्डारी ,

लन्डन । धरान समाज यूकेले १४ फेब्रुअरी सांझ च्यारिटीमा समर्पित गर्दै प्रणय दिवस मनाएको छ ।

साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा आयोजित कार्यक्रममा रोमान्टिक मुडमा आएका जोडीले आफ्नो माया र आत्मीयता साटे ।

कार्यक्रममा धरान समाज यूकेका अध्यक्ष उमेशराज मोक्तानले प्रणय दिवस केवल मनोरन्जनमा मात्र सिमित नराखी सामाजिक काममा समर्पित गरिएको जनाए ।

मिरा राना गुरुंगको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम शशी थापा सुब्बाले सन्चालन गरेकी थिइन् । कार्यक्रममा उत्कृष्ट नाच गर्ने जोडीलाई पुरस्कृत गरियो जसमा प्रथम पुरस्कार वसुन्धरा राई र खगेन्द्र याक्खाले जिते ।मास्कमा दिपा उप्रेती र शरद उप्रेती, रमेश लिम्बु र तारा लिम्बु एवं ललित दुतराज र गंगा दुतराज पनि विजयी भए ।

उक्त अवसरमा नेपाली चलचित्रका लोकप्रिय नृत्य निर्देशक गोविन्द राई, बलिउड नृत्यकी कोरियोग्राफर एलिसा शर्मा, जेनिसा मगर लगायतको आकर्षक नृत्य पनि दर्शकले रुचाए ।

dharan11

dharan10

dharan8

dharan7

dharan6

dharan5

dharan4

dharan3

dharan2

dhaaran1

dharan