गत साता खाँडो नदीको बाढीले वितण्डा मच्चाएको सकरपुराको जनजीवन अझै सामान्य हुन सकेको छैन ।
बाढीले भत्काएका घर बस्न लायक छैनन् ।
अधिकांश परिवार अझै पनि चिउरा र मुरहीको भरमा बाँचिरहेका छन् ।
गास र बासको ठेगान नभए पनि सकरपुरावासी पछिल्लो तीन दिनदेखि बाढीले भत्काएको खाँडो नदीको तटबन्ध निर्माणमा जुटेका छन् ।






