नेपाल चलचित्र कलाकार संघ युकेले गर्‍यो चलचित्र कर्मीलाई १ लाख ५ हजार सहयोग

लन्डन । कोरोना संक्रमणको विषम परिस्थितिले गर्दा यतिबेला चलचित्र उद्योग पनि ठप्प छ । यो अवस्थामा नेपाल चलचित्र कलाकार संघ यूकेले नेपालमा रहेका चलचित्र कर्मीलाई थोरै भए पनि नगद राहत उपलब्ध गराएको छ । नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बूले दिएको जानकारी अनुसार नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालाई १ लाख ५ हजार ७ सय ३८ रुपैयाँ हस्तान्तरण गरिएको छ । अध्यक्ष लिम्बूका अनुसार उक्त रकम अध्यक्ष खड्काले प्राप्त गरिसकेका छन् । लकडाउनले चलचित्र उद्योग ठप्प रहेको अवस्थामा नेपाली कलाकारलाई थोरै भए पनि सहयोग गर्न पाएकोमा सन्तुष्टि प्राप्त भएको लन्डन नेपाल न्यूजसँगको कुराकानीमा अध्यक्ष लिम्बूले बताइन् ।

सहयोग गर्नु हुने पबित्र मनका धनिहरु हेर्नुहोस तस्बिरमा :

सहयोग रकम संकलनका लागि नेपाल चलचित्र कलाकार संघ लाई माया गर्ने हरु सहयोग गर्नेहरुमा सल्लाहकारहरु काउन्सिलर प्रबेश केशी, ब्यवसायी प्रशान्त थापा,नेपाल प्रेस युनियनका यूके अध्यक्ष बिपिन निरौला,लन्डननेपालन्युजका निर्देशक एबम पत्रकार महासंघ युके सचिव शिव भन्डारी,किरात याक्थुङ चुम्लुङ युके सल्लाहकार नर कुमारी वनेम,नेपाल पत्रकार महासंघ युके महासचिव सन्जय कन्डेल,मंगेना चुम्लुङ युके अध्यक्ष कमला लिम्बू ,गुल्मी समाजका सल्लाहकार गोकर्ण बस्नेत ,मोना युके का सद्स्य रबिन मगर र तारा गर्बुजा तथा चलचित्र कलाकार संघ युके का पधादिकारीहरु उपाध्यक्ष सुरेश राज पाठक र ध्रुब दत्त ,महासचिव रितेस चाम्स ,सचिब सृजना निङ्लेकु लिम्बू कोषाध्यक्ष इन्दु लिम्बू सह-कोषअध्यक्ष -सन्त कुमार राई कृयसिल सदस्यहरु : प्रशान्त खड्का ,क्षमता ढकाल ,सन्तोश राई प्रतिमा राजदुत, मनसुधन थापा मगर,ओम लिम्बू र कृयसिल सदस्यहरु लाई अध्यक्ष लिम्बूले धन्यवाद दिएकी छिन् ।