बेलायती विश्वविद्यालयका नेपाली विद्यार्थीबीच नाटक प्रतियोगिता हुने

kent

लण्डन ।

बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत  नेपाली विद्यार्थीहरुबीच ड्रामा (नाटक) प्रतियोगिता आयोजना हुने भएको छ ।

 

केन्ट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सोसाइटीले केन्ट इन्लाइटन्स नेपाल नामको प्रतियोगिता आयोजना गर्न लागेको हो ।

 

आउंदो फेब्रुअरी २७ तारिखका दिन केन्टवरी क्याम्पसस्थित थिएटरमा प्रतियोगिता सञ्चालन हुनेछ ।  प्रतियोगितामा सहभागिताका लागि बेलायतका सबै विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई आव्हान गरिएको छ ।

 

प्रतियोगितामा भाग लिने एक समुहमा बढिमा १० जना प्रतियोगी रहन पाउनेछन । सोसाइटीले पहिलो पटक यस्तो परिकल्पना गरेको हो । युनिभर्सिटी अफ केन्टकै थिएटरमा हुने उक्त प्रतियोगितामा प्रतिष्पर्धीले नेपाली विषयवस्तु (संस्कृति, इतिहास, राजनीति अथवा शिक्षा) मा केन्द्रित रहेर अधिकतम २० मिनेट लामो नाटक प्रस्तुत गर्न सक्नेछन् । भाषा भने अंग्रेजीमा हुनेछ ।

प्रतियोगितामा चार बेलायती विश्वविद्यालय पोर्टसमथ, युनिभर्सिटी अफ केन्ट,
युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड र ब्रुनेल युनिभर्सिटीका विद्यार्थी सहभागी हुने कार्यक्रम संयोजन गरिरहेकी समिपा श्रेष्ठले जनाइन् ।

 

प्रतियोगिताको विजेता समुहले  प्रथम पुरस्कार नगद २ सय तथा दोस्रो हुनेले १ सय र तेस्रोले ५० पाउण्डको नगद पुरस्कार पाउनेछन ।

 

नाटक हेर्न प्रति व्यक्ति ८ पाउण्ड राखिएको छ । संकलित रकम नेपालको पुनर्निर्माणमा खर्च गरिने सोसाइटीको योजना छ ।

प्रतियोगितामा भाग लिन चाहनेहरुले आयोजकको यो फेसबुक पेजमा  गएर सम्पर्क राख्न सकिनेछ ।

टिकट निम्न लिंकमा गएर खरिद गर्न सकिने छ ।

https://uk.patronbase.com/_Gulbenkian/Seats/NumSeats?prod_id=KEF1&perf_id=1&section_id=M&seat_type_id=S