आज दुई सय बर्षयताकै सबैभन्दा शुभ दिन,

http://i1.wp.com/www.nepalreports.com/wp-content/uploads/2015/04/aakshya-tritiya.jpg?resize=660%2C495

बैशाख ८ गते-
आज (मंगलबार) बैशाख शुक्ल तृतीय तिथी, हिन्दु नेपालीहरुले स्थान, दान, पूजालगायत विभिन्न धार्मिक कार्य गरी मनाउँदैछन् । धार्मिक ग्रन्ध अनुसार आज विशेष गरी गर्मी छल्नका लागि घामबाट बच्न छाता, तातो जमिनबाट बच्न जुत्ता र तिर्खा मेट्न सर्वत दान गर्ने चलन छ ।

आज गरिएको दानले अक्षय फल प्राप्त हुने भएकाले यसलाई अक्षय तृतीय भन्ने गरिएको हो । अलैँची, सुकुमेल र घिउ मिसाइएको जौको सातु तथा मरिच पिपला तथा सखर हालेर तयार परिएको सर्वत दान गरिन्छ । पौराणिक कथा अनुसार शिव पार्वतीको विवाह भएको आजको दिनदेखि सत्य युगको सुरुवात भएकाले आजको दिनलाई युगादी पनि भन्ने चलन छ ।

आजको दिन करिब दुईसय बर्ष यताकै शुभ दिन रहेको पनि भारतीय ज्योतिषहरुले दावी गरेका छन् । आज एक सय ९१ बर्ष यताकै सबैभन्दा शुभ दिन रहेको उनीहरुको दावी छ ।

बैशाख मासको शुक्ल पक्षको अक्षय तृतीया अर्थात् मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा आउनेछ । यो दिन बिहान देखी रातीसम्म शुभ संयोग रहने ज्योतिषहरुको भनाई छ ।