लन्डन- ब्रिटेन युरोपेली संघ (ईयु)बाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो ।
जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन् । लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिए ।
युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक साझेदारी छ । द्वितीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एक अर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ ।![britain[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/britain1.jpg)






