२७ हजार लिटर पेट्रोल काठमाडौं आउँदै

rf/ 6of+s/ s]?ª k|j]z g]kfnnfO{ rLg ;/sf/n] pknAw u/fpg] k]6«f]lnod kbfy{ lng zlgaf/ rf/ g]kfnL 6of+s/ /;'jfu9L gfsfaf6 s]?ª k|j]z ub}{ . tl:a/ M 1fg]Gb| Gof}kfg], /;'jf, /f;;
rf/ 6of+s/ s]?ª k|j]z
g]kfnnfO{ rLg ;/sf/n] pknAw u/fpg] k]6«f]lnod kbfy{ lng zlgaf/ rf/ g]kfnL 6of+s/ /;’jfu9L gfsfaf6 s]?ª k|j]z ub}{ . tl:a/ M 1fg]Gb| Gof}kfg], /;’jf, /f;;

रसुवा, १५ कात्तिक । चीनले अनुदानमा दिएको तेल ल्याउन थप ९ वटा नेपाली ट्यांकर आज विहानै केरुङ प्रवेश गरेका छन् ।

तेल ल्याउन रसुवागढी पुगेका १२ ट्यांकर मध्ये तीन ट्यांकरले हिजो शनिबार साढे २० मेट्रिकटन तेल नेपाल ल्याइसकेका छन् । बाँकी ९ वटा ट्यांकर विहान साढे आठ बजे केरुङ प्रवेश गरेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो ।

रसुवाका डीएसपी आदेश विष्टका अनुसार केरुङमा इन्धन भरेर आएका नेपालका तीन ट्यांकरलाई रसुवागढी भन्सार टिमुरेमा राखिएको र केही समयपछि राजधानी काठमाडौं पठाइने छ । शनिबार नेपाल भित्रिएको २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर आज दिउँसो काठमाडौस्थित थानकोट डिप्पोमा आइपुग्ने छन् ।