कोलम्बियामा स्कूल बाहिर कार बम बिस्फोटः ९ को मृत्यु, ३८ घाइते

एजेन्सी- कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् ।

यो बिस्फोट बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको हो । बिस्फोट स्थानीय समयानुसार साढे ९ बजे भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एक कार स्कूल बाहिर तीब्र गतीमा आयो र चेकप्वाइन्टमा जब सुरक्षाकर्मीले त्यसलाई रोक्ने कोसिस गरे तब ड्राइभरले कारको गती बढाइदिए जसका कारण कार पर्खालमा ठोक्कियो । कार ठोक्किने बित्तिकै ठूलो आवाजमा पड्कियो ।

बिस्फोट हुनु केही दिन अघि स्कूलमा एक समारोह सम्पन्न भएको थियो जसमा पुलिस अधिकारीको बढुवा गरिएको थियो ।

दुर्घटनामा कार ड्राइभरको मृत्यु भएको आशंका गरिएको छ ।

कोलम्बियाका राष्ट्रपति इवान ड्युकले हमलालाई गम्भीर बताउँदै आफू चाँडै नै राजधानी पुग्न लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *