पोखरा समाज अस्ट्रेलियाको शुभकामना आदन–प्रदान कार्यक्रम

तक्दीर अधिकारी
सिड्नी । पोखरा समाज (कास्की) अस्ट्रेलियाले शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो शनिबार अर्थात् २६ अक्टुबरमा आयोजना गरिएको उक्त कार्यक्रम होलबीचमा हुने महासचिव समित केसीले जानकारी दिए ।

महासचिव केसीका अनुसार नेपाली चाडपर्वहरुको निरन्तरता र नेपाली समुदायबीचको एकतालाई मजबुत बनाउने उद्देश्यले समाजले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली समाजको विविधता र सांस्कृतिक परम्परासँगै मौलिकतालाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले दशै तिहार शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष राजकुमार अधिकारीले बताए । यो कार्यक्रम पोखरा समाजमा मात्र सीमित नराखी सिड्नीबासी सबै नेपाली समुदायलाई सहभागी हुने अध्यक्ष अधिकारीले अनुरोध गरे ।

यस्तै उपाध्यक्ष तारा गुरुङले पोखरा समाजले वर्षैपिच्छे यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको बताए । उनले यस वर्ष पनि शुभकामना कार्यक्रम विगतमा जस्तै भव्य र सभ्य हुने भएकाले उपस्थितका लागि अनुरोध गरे । पोखरा समाजले सिर्जनशील र सकरात्मक सन्देश दिन कार्यक्रम आयोजना गरेकाले सिड्नीवासी नेपाली समुदायलाई उपस्थितिका लागि महासचिव केसीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *