मोरङ- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न असजिलो हँुदै गएको बताउनुभएको छ ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले तराई मधेसको बन्दको यही अवस्था रहन गए खेलकुद प्रतियोगिता गर्न असहज हुने बताउनुभयो । खेलकुद हुने भनिएका क्षेत्रमा मधेसमा आन्दोलन भइरहेकाले खेलमैदानको छनोट परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।
कार्यतालिका हेरफेर गरी चैत्रभित्र खेलकुद प्रतियोगिता गर्न नसके पूर्वाञ्चलले पाएको यो अवसरबाट आगामी वर्ष वञ्चित हुने बताउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि पूर्वका सिराहा, सप्तरी, सुनसरी, धनकुटा, इलाम र विराटनगरमा रहेका खेलमैदान तोकिएका छन् ।






