काठमाडौं- युरोपेली सङ्घले गत वैशाखको भूकम्पपछि पनि समस्याग्रस्त दुर्गम पर्वतीय समुदायका लागि आश्रय र आकस्मिक आपूर्ति पुर्याउन संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई सहयोग गर्न रु ३४ करोड सहायता प्रदान गरेको छ ।
विश्व खाद्य कार्यक्रमद्वारा प्रकाशित विज्ञप्तिअनुसार सो सहयोग गर्नेछ जसले हिमाली भरिया, पथप्रदर्शक र खच्चर सञ्चालकलाई आफ्नो काममा उपयोग गर्दै आएको छ ।
तीमध्ये केहीले भूकम्पपछि आफ्नो रोजगारी गुमाएका थिए । खाद्य कार्यक्रमले इन्धन सङ्कटका कारण हेलिकोप्टर र ट्रक सञ्चालन गर्न नसकेपछि उनीहरुलाई भूकम्प सहायताअन्तर्गत हिमाली भरिया, पथप्रदर्शक र खच्चड सञ्चालकलाई परिचालन गरिएको थियो ।
विश्व खाद्य कार्यक्रम नेपालका देशीय निर्देशक पिप्पा ब्राडफोर्डले भूकम्प र हाल जारी आपूर्तिमा सीमा नाकामा अनियमितताका कारण भएको अभावले देशका जनजीविकामा खतरा उत्पन्न गरेको बताउनुभएको छ ।
यस आयोजनाले १९३०० भन्दा बढीलाई काममा लगाएको र एक लाख २७ हजारभन्दा बढीलाई सडक, गोरेटो र बजारसँग पहुँच पुर्याएको बताइएको छ ।
विश्व खाद्य कार्यक्रमले यस कार्यक्रमअन्तर्गत यसअघि सहायता संस्थाबाट प्राप्त १३३० मेट्रिक टन सामग्री वितरण गरेको र ८९० किमी पर्वतीय गोरेटो स्थानीय समुदायको सहयोगमा खोलिएको बताइएको छ ।






