लन्डन- बेलायतस्थित नेपाली समूदायलाई स्थानीय बेलायती समुदायसँग घुलमिल गराउन ग्रेटर रश्मोरमा वर्षेनि दौड प्रतियोगिता हुने भएको छ ।![1918598_1107949269224999_7982188557971683341_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/1918598_1107949269224999_7982188557971683341_n1.jpg)
ग्रेटर रश्मोरमा रश्मोर वेल्सली १० के (फिट फर फन एण्ड रन) नामको दौड प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने ग्रेटर रश्मोर नेपालिज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाले बताए ।
गत अक्टोबर ४ तारिखमा भएको दौडमा नेपाली र बेलायती समूदाय गरि ५ सय बढीको सहभागिता थियो । त्यसक्रममा संकलित कोष क्यान्सर रिसर्चसम्बन्धी संस्थालाई सहयोग गरिएको थियो ।
अक्टोबरमा सम्पन्न फिट फर रन एण्ड फनको सफलतापछि अब हरेक वर्ष सो प्रतियोगिता गर्दै जाने निर्णय भएको थापाले बताए । यो अभियानमा आबद्ध सबै संघसंस्थाका प्रतिनिधीहरुबीच आइतबार सम्पन्न छलफलपछि आउँदो वर्षदेखि वर्षेनि अक्टोबर ९ तारिखमा सो दौड प्रतियोगिता गर्ने निर्णय भएको छ ।
स्थानीय बासी हरूले निकै रोचक र पृथक र स्वस्थ्य जिवन यापन को निम्ती अती प्रभावकारी भएको भन्दै यस कार्यक्रम निरन्त्रता दिन जनमानस को मुख्य उत्साहजनक माँग र सुझाव भएको हुदा संघसंस्थाका प्रतिनिधीहरुबीच आइतबारको छलफलमा ग्रेटर रश्मोर नेपालिज कम्युनिटीका अध्यक्ष थापासंगै वरिष्ठ उपाध्यक्ष जीवा बेल्वासे, महिला उपाध्यक्ष छबिमाया पुन, सचिव बिर बलाल, काउन्सिल संयोजक नेम थापा,सदस्य तथा नवयुवा सल्लाहकार शिला लिम्बू, नवयुवा अध्यक्ष पिसिओ निलम राई लगायत नवयुवाका स्वयमसेवी धावकहरुको उपस्थिति थियो । ![10152573_1107949359224990_442276208562528535_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/10152573_1107949359224990_442276208562528535_n1.jpg)
त्यस क्रममा ब्ल्याकवाटर भ्याली रनर्स क्लबका अध्यक्ष प्याट्रिक र कोअर्डिनेटर स्टिभ पनि सहभागी थिए ।आइतबार नै झण्डै १ सयको संख्याका बेलायती तथा नेपाली समुदायका सहभागीहरुले ६ देखि १० माइलसम्मको दुरीको दौड पूरा गरेका थिए । बेलायतमा सबैभन्दा बढी नेपालीहरुको बसोबास भएको क्षेत्र हो । जहाँ झण्डै ९ हजार परिवारका करिब ३५ हजार नेपालीको बसोबास रहेको अनुमान छ ।
ग्रेटर रश्मोर नेपालिज कम्युनिटीले नेपाली युवाहरुको संस्था नवयुवा, स्थानीय काउन्सिल र त्यहांस्थित ब्ल्याकवाटर भ्याली रनर्स क्लबसंगको सहकार्यमा फिट फर फन एण्ड रनको अभियान सुरु गरेको थियो । ![224977_1107948565891736_2590936079734303281_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/224977_1107948565891736_2590936079734303281_n1.jpg)
![1936418_1107948615891731_3003991339284183638_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/1936418_1107948615891731_3003991339284183638_n1.jpg)
![10353626_1107948709225055_8562869181949495192_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/10353626_1107948709225055_8562869181949495192_n1.jpg)






