लन्डन ।शनिवार व्लु अर्किड रेन्टुरेन्टमा भएको सर्वपक्षीय भेलाले नाटकीय सहमति गरेको छ । सहमति अनुसार अध्यक्ष मुछेत्र गुरुंग हुने भएका छन भने ४ जना उपाध्यक्षमा हिराधन राई, यौगकुमार फगामी, दासुराम पाण्डे र राष्ट्र राई छन ।
यसैगरी महासचिवमा विजय विक्रम लिंगदेन, सहमहासचिवमा अर्जुन कटुवाल र ३ जना सचिवमा कृष्ण तिवारी, फणिन्द्र भट्टराई र बुद्धिराम थापा रहने सहमति भएको छ । कौषाध्यक्षमा दिपक श्रेष्ठ र सहकोषाध्यक्षमा ललित न्यौपानेलाइृ राख्ने सहमति बनेको छ ।
यसैबिच निर्विरोध भएका युवा संयोजक हरिकृष्ण आचार्यकाे मातहतमा युवा उपसंयोजक पद सिर्जना गर्दै रिचर्ड गुरुङलाई ल्याइएको छ । यसअघि महिला संयोजक शुशिला राई निर्विरोध भैसकेकी छिन् ।
त्यस्तै खुशी लिम्बु प्रवक्ता रहने भएका छन । विश्वदीप तिगेलासंगै यसअघि आइृसिसी सदस्यमा उम्मेदवार दिएका ४ सहित ५ जना आईसिसीमा पठाउनै सहमति भएको छ । जस्मा कृष्ण तिमिल्सेना, संगीता मरहट्ठा, सुस्मा राई र पशुपति भण्डारी छन् । त्यस्तै कल्पना आङवुहाङलाई सल्लाहकारमा राख्ने सहमति भएको छ ।
सहमतिमै च्यारेटी विभाग प्रमुख पद सिर्जना गरी उपाध्यक्ष पदका उम्मेदवार सनत गुरुङलाई जिम्मा दिइएको छ भने सदस्यहरुमा सुरज मास्के, पद्म रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, मिन रानाभाट र मिलन गुरुङ निर्विरोध निर्वाचित भैसकेका छन् ।






