इँटा बोकेको ट्रकमा आगजनी

truck-2रौतहट- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ताहरुले गए राति गरुडा नगरपालिकामा इँटा लोड गरिएको दुई वटा ट्रकमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इँटा बोकी चन्द्रनिगाहापुरतर्फ आउन लागेका ना५ख १६७० र ना४ख ४६०५ नं को ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् ।

आगजनीबाट ट्रकमा आंशिक क्षति पुगेको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।