एमाले नेताको हत्या

murder
काठमाडौं– सर्लाहीमा एमालेका जिल्ला नेताको हत्या भएको छ ।

सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश रायलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हेमपुर गाविस वडा नम्बर ७ मा हत्या गरिएको प्रहरीले जनाएको छ । उनी मंगलबार बिहान मर्निङ वाकमा निस्किएका थिए ।
राय हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए ।

एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।