लन्डन । बेलायत स्थित विभिन्न नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लन्डन आइपुगेकी लोकदोहोरी गायिका प्रिती आले अझै २ महिना बेलायतमै बस्ने योजना छ । उनको यो बेलायत भ्रमण पाँचौं हो, यसअघि चारपटक विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रिती बेलायत आइसकेकी थिइन् ।
युवा पुस्तामा उनी लोकप्रिय छिन् । त्यसैले विदेश भ्रमण उनका लागि ठूलो कुरो होइन, भिसा लागेका उनका तीनवटा पासपोर्ट सकिए । उनी चौथो पासपोर्टमा भिसा लगाएर लन्डन आएकी हुन् ।
पछिल्लो समय उनले प्रकाश सपुतसँग मिलेर निकालेको ब्याटल–२ यतिबेला चर्चाको शिखरमा छ । प्रिती बेलायतमा आयोजना हुने कार्यक्रममा दर्शकको न्यून संख्या र खराब साउन्ड सिस्टम भए पनि गाउनुपर्ने बाध्यता रहेको बताउँछिन् । लन्डन नेपाल न्यूजसँग कुरा गर्दै प्रितीले भनिन, ‘जति दर्शक सहभागी हुनुहुन्छ, उहाँहरु मेरो गीतबाट मनोरञ्जन लिनुहुन्छ ।’
बेलायतमा आफूले घर किनेको हल्ला निराधार भएको प्रितीले बताइन् । फार्नबोरोस्थित थ्री बेड रुमको घर लिएर कलाकारहरु एकै ठाउँमा बसेका हौं, उनले भनिन्, ‘विदेश पलायन हुने कल्पनासमेत मैले गरेको छैन । श्रीमान्सँग महिनौंसम्म टाढा भए पनि मनसँगै भएको उनले कुराकानीको सन्दर्भमा सुनाइन् ।
हेर्नुस् शिब भण्डारी संगको कुराकानी यूट्युबमा—






