काठमाडौं । नेपाल सरकारले इजिप्टको सुफी सुफी मस्जिदमा शुक्रबार भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी आततायी घटनामा सयौं निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्दै शोकको घडीमा त्यहाँको सरकार र शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको छ ।
नेपालले लामो समयदेखि लिँदै आएको अहिंसात्मक नीतिको स्मरण गर्दै सबै प्रकारका हिंसा र आतंकवादको विरोधमा निरन्तर उभिने मन्त्रालयले स्पष्ट पारेको छ ।
इजिप्टको उत्तरी प्रान्त सिनाईस्थित बिर एल–अबेद सहरको मस्जिदमा शुक्रबार (हिजो) प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा कम्तिमा ३०० जना भन्दा बढीको ज्यान गएको छ । रासस






