गीतकार घन बहादुर थापा मगरको एल्बम “नबिर्स” बजारमा आऊँदै छ ।
बरिष्ट गायक तथा गजलकार आनन्द कार्की को स्वोरमा , क्याक्मी स्याङ्जा का, नेपाली गीत संगितको श्रबृद्धिमा लागेका समाजसेवी घन बहादुर थापा मगरको रचनामा नयाँ एलबम नबिर्स बजारमा आउन लागेको हो ।
समाज सेवी कवि थापा मगरको पहलमा नेपालमा बिभिन्न सामाजिक कामहरु भएका छन् । उनले बिद्यालय तथा पक्कि पूल निर्माणदेखि क्लबहरुलाई समेत सहयोग जुटाईदिएका छन् भने नेपाली गीत संगितलाई अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
समाजसेवी, कवि तथा गीतकार घनबहादुर थापा मगरको रचनामा आउन लागेको उक्त एल्बम “नबिर्स” मा वरिष्ठ गायक आनन्द कार्कीको स्वर रहेको छ । जसमा अन्जु पन्त, निकिता थापा मगर र सविना कार्कीले पनि गायनमा साथ दिएका छन् भने सङ्गीत भर्ने काम शक्तिवल्लभ, राजनराज सिवाकोटी, अर्जुन पोखरेल, शिखर सन्तोष, दीपक शर्मा, ताराप्रकाश लिम्बु ले गरेका छन् । एल्बम ‟नबिर्स” को नामाङ्कन भने गीतकार थापाकी धर्मपत्नी कृष्णा थापाको परिकल्पनामा जुरेको हो ।
एल्बम “नबिर्स” कै एक चर्चित गीत ‟फूल्न त फूल्यो गुराँशै फूल्यो अफ्ठ्यारो भीरैमा …” बोलको गीतको म्युजिक भिडियो समेत निर्माण भईसकेको छ र हालै गीतको म्युजिक भिडियो राजधानीमा एक समारोहका बीच लोकार्पण गरिएको थियो। हाल बजारमा गीतको निकै चर्चा हुन थालेको छ।
https://youtu.be/fib3J11h6Zo






