अझै भेटिएन सुनचोर : गृह मन्त्रालयमा समेत गुहार

चितवन – नारायणगढ बजारको केन्द्रमा रहेको सुनचाँदी पसलबाट करिब चार किलो सुन, १० किलो चाँदी र साता लाख रुपैयाँ नगद हराएको एक महिना पुग्दा पनि प्रहरीले चोर समान्न सकेको छैन ।

चोर समात्न दबाब दिन चितवनका सुन चाँदी व्यवसायीले जिल्लाका प्रहरी प्रशासनसमक्ष मागपत्र बुझाउनुका साथै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत गुहार लगाएका छन् ।

माघ २० गते साँझ बन्द गरेको नारायणगढ सहिदचोकस्थित आधुनिक सुनचाँदी पसल २१ गते बिहान खालेर हेर्दा झन्डै चार किलो सुन, १० किलो चाँदी र साढे सात लाख रुपैयाँ हराएको भेटिएको पसलधनीले बताएका छन् ।