सप्तरी – एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको छ ।
प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले जानकारी दिए ।
मधेशमा भइरहेको हत्या, हिंसाको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ । मधेशी युवाहरुले मधेशी मोर्चाले संसद्बाट सामूहिक राजीनामा दिनुपर्ने मागसमेत गर्न थालेका छन् ।
झडपको क्रममा प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।
ज्यान गुमाएकाहरु :
सञ्जन मेहता
दीगम्बर यादव
पीताम्बर मण्डल
आनन्द साह
अजय साह
अवधेश ठाकुर
सञ्जय मेहता






