सिँचाइ कुलो भत्कदा पाँच पुरिए

वीरेन्द्रनगर, २४ चैत । पश्चिम सुर्खेतको घाटगाउँ–९ झ्याङझ्याङेमा सिँचाइ कुलो भत्कदा पाँचजना मजदुरहरु पुरिएका छन् । उनीहरुको मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । आज दिउँसो ४ बजे एक्कासी पहिरो गई कुलो भत्ँिकदा काम गरिरहेका मजदुरमध्ये पाँच जना पुरिएका हुन् ।
पुरिनेहरुमा घाटगाउँ–७ का मानबहादुर शाही, तातापानी–६ का कृष्ण विक, मनबहादुर नेपाली, प्रसादे विक र महेश विक रहेका छन् । कुलोमा काम गरिरहेका सातजना मजदुरमध्ये पाँचजना पुरिए भने तातापानीकै चक्रबहादुर टमाटा र पदमबहादुर नेपाली भाग्न सफल भएका छन् । बाबियाचौर–१ तिखाकुनादेखि घाटगाउँसम्म १२ किलोमिटरको सो सिँचाइ आयोजना बनाउने जिम्मा २०६७ साल वैशाखमा सूर्य कन्ट्रकसन प्रालिले लिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।