राष्ट्रपति ट्रम्पबाट नयाँ आदेशः ‘६ देशका नागरिकलाई नयाँ भिसा नदिनु’

काठमाडौं, फागुन २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र ओमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेका हुन् ।

तर यसअघि भिसा वा ग्रिन कार्ड लिइसकेका ती देशका नागरिकमाथि भने रोक लगाइएको छैन ।

गत जनवरीमा जारी गरिएका आदेशमा यो सूचीमा इराकलाई राखिएको भए पनि अहिले भने छैन ।

राष्ट्रपतिले जारी गरेको नयाँ आदेश यही मार्च १६ देखि लागू हुने बताइएको छ । यो आदेश ९० दिनका लागि जारी गरिएको हो । (एजेन्सी)