काठमाडौं- एनआरएन नागरिकता सम्बन्धी संसोधन प्रस्ताव पारित गरेको छ । सरकारले संसदमा प्रस्तुत संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो । संसदको राज्य ब्यवस्था तथा सुशासन समितीमा सांसद डा. सूर्यले पाठक राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो । बिहान ११ बजे देखि चलेको समितिको बैठकमा कानुन र गृह मन्त्रालयका उच्च अधिकारीहरुले समेत आआफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
यस अघि गैरआवासीय नेपाली संघले नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति संघले ९ वटा बुँदामा सुझाव दिएको थियो । संघले गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्थाका केही बुँदाको स्वागत गरी अपूर्ण बुँदाहरू सच्याउन मागसमेत गरेको थियो ।






