लण्डन । गोर्खा सैनिकहरूको ऐतिहासिक बिरताका घटनाहरुमा आधारित अन्तरराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को बेलायती मिडियाहरु मा ब्यापक चर्चा चलिरहेको छ |
सेप्टेम्बर १० मा लन्डन लेस्टर स्क्वायरको आइम्याक्स सिनेवर्ल्डमा हुन गैरहेको रेडकार्पेट प्रिमियरका लागि तयारी तीव्र रुपमा अगाडी बढिरहेको मिडिया कोअर्डिनेटर आकाश सुनुवारले लन्डन नेपाल न्युजलाई बताए । 
BBC र Sky TV News का लागि अन्तर्वाताको मिती तय भाईसकेको र बेलायती मिडियाहरु Yahoo News, Reading Chronicle, Live for Films, Movie Reviews 101 and BFBS Films जस्ता अन्लाईन न्युज पोर्टल हरुले फिल्मको प्रचार गरिसकेकाछन छन् । BBC Radio, Greates Hits FM, Daily Telegraph, BFBS ले पनि फलो अप गर्दैछन् भने रोमेनियन मिडिया समेत रेड-कारपेटको कोभरेजको लागि बेलायत आउने पनि सुनुवारले बताए । नेपाली सिनेमाको ईतिहास मै पहिलो पटक यति भब्य प्रेमियर हने जस्लाई अन्तरराष्ट्रीय मिडियाहरुले प्रत्यक्ष प्रसारण गर्ने बताईन्छ |
“गोर्खा वारियर” का निर्देशक राष्ट्रिय पुरस्कारबाट सम्मनित मिलन चाम्स हुन् भने निर्माता तर्फ सुमन राई र सुस्मिता वाईबा हुन । सह-निर्मातामा सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा रहेका छन भने रितेश चाम्स, विजय लामा, रेविका गुरुङ र कविता आलेको अभिनय रहेको छ ।
चलचित्र प्रिमियरका लागि बेलायत आएका ‘गोर्खा वारियर’ का निर्देशक मिलन चाम्सले प्रिमियरमा बेलायतका हाउस अफ लोर्ड माइकल हावार्ड, ब्यारोन हावार्ड अफ लिम्प सिएच. पिसि. एचसि. लगाएत संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री समेत अतिथिको रुपमा उपस्थित हुने बताए। निर्देशक चाम्स सहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले एम. पि. डेमियन कोलिन्सलाई संसद् भवन ‘वेस्ट मिनिस्टर’ मा भेटेर निमन्त्रणा दिएका हुन् । उनले साम्सद कोलिन्स मार्फत बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाएका छन् ।
नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफूहरू दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराए
“गोर्खालीहरुको वीरतालाई आजभोलि बिभिन्न चलचित्र र समाजमा गलत तरिकाले बर्नन गर्नेहारुलाई, यो चलचित्रले पक्का गोर्खाली को हुन र कस्ता हुन्छन भनेर प्रश्ट्याउने छ ।” निर्देशक मिलन चाम्स बताउँनुहुन्छ।
यतिबेला प्रिमियरको तयारीका लागि आफूसहित गोर्खा वारियरको बेलायत टिम लागि रहेको पनि निर्देशक चाम्सले बताए । निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरु, बेलायतका मन्त्री, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन् । बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्य लाई पनि भेटेर निम्तो गरेका थिए ।
चलचित्र गोर्खा वारियर ‘वार’ जनरामा निर्माण भएको सिनेमा हो । गोर्खाहरूको अनुपम इतिहास र संस्कृतिलाई प्रेम, बलिदान र अस्तित्वको असाधारण कथा हो। चलचित्र लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोरखा मिसनमा बाँचेका परिवारहरूबाट गुज्रिएको सम्झनाहरू स्वरुप सत्य कथामा आधारित यो चलचित्रले मलाया आपतकालको समयमा गोर्खाहरूले बेलायती सेनासँग मिलेर लडेको घटनाको कथालाई पछ्याइएको छ ।

चलचित्र समितिले बेलायत स्थित नेपाली संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, गन्यमान्य, सञ्चारकर्मी तथा सर्वसाधारण सबैसँग मातृभूमिका गोर्खालिको साहशलाई विश्वसामु चिनाउन पाउने यस चलचित्रको व्यापक प्रचार प्रसार गरी धेरैभन्दा धेरै जनसहभागिता गराउने बातावरण बनाइदिन हुन समेत आग्रह गर्दै स्थानीय सबैलाई सहभागी भई शोभा बढाउन अनुरोध गरेका छन् ।






