बिजीएनसिसीसी यूके अभियानलाई सशक्त बनाउन नाम परिबर्तन,बन्यो सीएनसीबीजी

लण्डन । ” BGNCCC UK” अभियानको नाम “CNCBG” संस्थामा परिणत गरिएको छ । गोर्खा भर्तिको कारण नेपाल सरकारको सहमतिमा बेलायतले गोर्खा र निजको सन्ततिहरुलाई आवासीय सुबिधा प्रदान गरेपछि गोर्खाहरुले बेलायतमा रहदा बाध्यतावस बेलायतको अंगिकृत नागरिकता लिन पर्ने अवस्था आएको हो। नेपालको नगरिकता ऐन २०६३ दफा १० को उफदफा १ अनुसार कुनैपनि नेपाली नागरिकले अर्को कुनै देशको नागरिकता लिएमा उसको नेपाली नागरिकता नरहने प्रावधान रहेको छ।

गोर्खाहरु सन १९४७ सालको बेलायत नेपाल र ईन्डियाबीच भएको त्रिपक्षीय संधि अन्तर्गत नेपाल र बेलायत सरकारको बन्दोबस्तमा बेलायती सेनामा सेवा गरेका हुन। नेपालको नागरिकता ऐनमा गोर्खाको बारेमा एक शब्द पनि नपरेको हुनाले उक्त नागरिकता ऐनले गोर्खाली र निजको सन्ततिहरुको निम्ति समस्या पर्ने देखिएको हुँदा सरकारलेनै संधि सम्झौता गरेर पठाएका गोर्खा र गोर्खाका सन्ततिहरुको  बंशजको  नेपाली नागरिकता  कायमै राख्न पाउनुपर्छ भन्ने  माग हामी गोर्खा हरुलेनै  बुलन्द गर्दै जानुपर्ने देखिएकोले थर्क रानाको अध्यक्षतामा सन् २०१६ सालमा BGNCCSC-UK (British Gurkhas Nepali Citizenship Continuation Struggle Committee UK) गठन गरिएको थियो।  उक्त अभियानको नाम काल परिस्थिति तथा प्राबिधिक बाध्यता अनुसार BGNCCC-UK (British Gurkhas Nepali Citizenship Continuation Campaign UK) हुदै, हालमा Continuation of Nepali Citizenship for British Gurkhas (CNCBG) संस्थाको रुपमा परिणत भएको  जानकारी  अध्यक्ष रानाले लन्डन नेपाल न्युज लाइ बताए।

स्मरणीय रहोश “सिएन्सिबिजि” ईङ्गल्यान्डमा गठन गरिएको एउटा गैर नाफामुलक,गैर राजनैतिक,गैर धार्मिक तथा समाजिक संगठन हो, जस्को मूलभूत उध्यस्य भनेको माथी उल्लेख गरिए जस्तै दुबै देसको सहमतिमा बेलायतमा अस्थायी रुपमा बसोबास गर्ने गोर्खाली र उन्का साखा सन्ततिका बंसजगत नेपालि नगरिकता(अधिकार)सुरक्षित राख्ने रहेको छ। प्रेस बिगप्ति यस्तो छ