राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ५० भन्दा बढीलाई रोजगारी दिँदै

सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशबाट फर्किएका र फर्किन चाहेका युवाहरुलाई  विभिन्न पदमा रोजगारीका लागि आवेदन खुल्ला गरेको छ । विभिन्न पदमा झण्डै १ सय ५० भन्दा बढीका लागि रोजगारीको अवसर खुल्ला गरेको राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय काठमाण्डौले जनाएको छ । विशेषगरी विदेश  गएर उच्च शिक्षा हासिल गरेका वा दक्ष सीप सिकेका  विदेशबाट फर्किएका र फर्किन चाहेका युवाहरुलाई समेट्ने गरी आवेदन माग गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशिएका युवाहरूलाई नेपाल ल्याएर रोजगार दिने चितवनको नारायणी नदी किनारमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै बताएका थिए । विदेशमा बसेका क्षमतावान सय मानिसलाई यही देशमा त्यही सुविधासहितको रोजगार दिइनेछ भनेर बोलेका रवि लामिछानेले चुनावी प्रतिबद्धता पुरा गर्न लागेका हुन् ।

उक्त सुचना बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तैयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयद्धारा माग गरिएको आवेदनमा मार्केटिङ र सञ्चार, प्राविधिक, फाईनान्सियल र एकाउण्टिङ, हेल्थ केयर, होटल, व्यवस्थापन लगायतका क्षेत्रमा दक्ष कामदारहरुले आवेदन दिन सकिने बताईएको छ ।

यस्तो छ सुचना