राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

bidhyaकाठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् ।

चर्चित पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् । फोर्ब्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको पहिलोपटक हो ।

नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहे पनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने फोर्ब्सले उल्लेख गरेकेा छ ।

जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वको सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् ।