फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्ध ज्ञापनपत्र

franceपेरिस- भारतले तीन महिनादेखि गरेको अघोषित नाकाबन्दीको विरोधमा फ्रान्समा रहेका नेपालीले फ्रान्सेली संसदका सभामुख क्लाउड बार्तोलोनलाई ज्ञापनपत्र बुझाएका छन् ।

एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल नेतृत्वको टोलीले पेरिसस्थित ओभरभिलिए नगरपालिकाको कार्यक्रममा उपस्थित सभामुखसँग भेट गरि ज्ञापनपत्र बुझाएका हुन् ।

भेटमा लामो समयदेखिको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको र सार्वभौम राष्ट्रमाथि भारतको गैर कुटनीतिक व्यवहार र गतिविधिहरु अन्तर्राष्ट्रिय सन्धि विपरित रहेको जानकारी गराइएको थियो।