सप्तरी, ८ चैत । यहाँको कञ्चरुप नगरपालिकामा एसएलसी परीक्षा दिइरहेका एक विद्यार्थीले आज आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको छ । आत्महत्या गर्ने कञ्चरुप नगरपालिका–८ निवासी उत्तम ढुङ्गानाको १७ वर्षीय छोरा कुल्दीप ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कुन कारणले झुन्डिएर आत्महत्या गरेको भनेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुल्दीपले शङ्कर उमावि रुपनगरबाट जन्डोलस्थित घोगिन्धा मावि परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिँदै थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ ।
एसएलसी दिने विद्यार्थीद्वारा आत्महत्या






