काठमाडौँ, ८ चैत । कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा चिरञ्जीवी नेपाललाई सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । सो अवसरमा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र सर्वोच्च अदालतका न्यायाधीशहरुको उपस्थिति थियो ।
गर्भनरद्वारा पद तथा गोपनीयताको शपथ






