लण्डन । नेपालिज कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसिआई) यूके अध्यक्ष मोहन गुरुगले हाल बेलायत भ्रमण मा रहेका उपराष्ट्रपति नन्दकिशोर पुनसंग भेट गरेका छन ।
उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा सोमबार भएको भेटमा सौर्य उर्जा, पर्यटन प्रवर्धन तथा कृषि क्षेत्रमा लगानी सम्वन्धमा छलफल भएको एनसीआइ अध्यक्ष मोहन गुरुङले जनाए ।
भेटमा उपराष्ट्रपति पुनले एनसिआईका विषयमा विशेष रुचि राख्दै यसका गतिविधीबारे विभिन्न जिज्ञासा समेत राखेका थिए ।
उक्त समूहले उपराष्ट्रपतिलाई बेलायत र नेपालमा आफ्नो लगानीबारे अवगत गराएको भेटमा सहभागी एनआरएनए यूकेका विजनेस विभाग संयोजक ललित न्यौपानेले जानकारी दिए ।
भेटमा नेपालका व्यवसायी तिलबहादुर आले पनि सहभागी थिए ।







