दमौली– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रियता जोगाउन एमाले अडिग रहेको बताएका छन्।
एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर पनि गरे।
पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उनको दाबी छ। एमाले मधेस विरोधी नभएको बताउँदै ओलीले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताए। रासस






