चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनबाट उम्मेदबारी दिने घोषणा गरेका छन । चितवमा आज सञ्चारकर्मीसँगको भेटघाटमा अध्यक्ष दाहालले अघिल्ला निर्वाचनमा अन्य क्षेत्रको अनुभव बटुले पनि मंसिरमा हुने संसदीय निर्वाचनमा गृह जिल्लाबाटै उम्मेदवारी दिने निर्णय आफूले गरेको बताएका हुन् ।
चितवनको विकास र भूमिकालाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्याउन पनि आफूले चितवन रोजेको बताएका अध्यक्ष दाहालले क्षेत्र नम्बर ३ लाई प्राथमिकता दिएका छन् ।
दुईहजार सत्तरी सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित दाहालले दोस्रो संविधानसभा चुनावमा काठमाडौं–१० गुमाएर सिरहा–५ बाट मात्रै विजयी भएका थिए ।
दाहालले सञ्चारकर्मीसँग नारायणी र राप्तीलाई जोड्ने गरी रिङरोड र पूर्व–पश्चिम सवै क्षेत्र छुने गरी लिंकरोड निमार्णसहित चितवनलाई औधोगिक, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अगाडि बढाउन भूमिका खेल्ने प्रतिवद्धता पनि जनाए ।
फरक प्रसंगमा अध्यक्ष दाहालले माओवादीको काम र भूमिकाबाट निकै प्रभावित मधेसी जनताले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई पहिलो बनाउने दावी पनि दोहोर्याए ।






